जाडोमा बदाम खानुहुन्छ ? यस्तो छ बदाम खाँदाको फाईदा ।

जाडो सिजनमा स्वास्थ्यलाई विशेष ख्याल राख्नुपर्दछ । स्वास्थ्यलाई स्वस्थ राख्न खानेकुराहरु व्यालेन्स मिलाएर खानुपर्दछ । जसले गर्दा स्वास्थ्यलाई स्वस्थ राख्न मदत गर्दछ । जाडो सिजनमा बदाम र सुन्तलाको विशेष सिजन हो । कौसीमा घाम ताप्दै बदाम छोडाउदै बदाम खाँदाको मज्जा नै फरक हुन्छ । बदाम खादाको मज्जा त छदै छ सँगसँगै यसको निकै फाईदा पनि रहेको छ । बदाम स्वास्थ्यको लागि लाभदायीक मानिन्छ ।
बदाम लगाएतका ड्राइफ्रुट्सले शरीरमा गर्माहट बढाउँछन् । त्यसैले जाडोमा बदाम खाँदा हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ ।
जाडोमा बदाम खाँदा हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ । बदाममा उच्च मात्रामा चिल्लो पदार्थ हुने भए पनि यो प्रोटिन तथा फाइबरको राम्रो स्रोत हो, जसमा शरीरका लागि आवश्यक खनिज तत्व भरिपूर्ण हुन्छ ।
बदाममा भिटामिन सी पाउने भएकोले यसको दैनिक सेवनले रुघाखोकीको जोखिम कम रहन्छ । यसका साथै भिटामिन सीका कारण घाँटीमा हुने खसखस र सुक्खा हुनबाट बचाउँछ ।
बदाममा फाइबरको भरपुर मात्रा हुन्छ । यो इनर्जीको राम्रो स्रोत पनि हो यसैले बदाम खाँदा खाँदा छिटै भोक लाग्दैन । त्यसैले तौललाई व्यवस्थापन गर्न मदत गर्छ । बदाममा पाइने भिटामिन बि३ पाईने भएकोले दिमागी प्रक्रियालाई तिव्र बनाउँछ साथै स्मरण शक्ति पनि बढाउँछ । यसको सेवनले दिमाग स्वस्थ र तेज हुन्छ ।
तपाईको प्रतिक्रिया