“मरिसकेको मान्छे “नामक छोटो डकुमेन्ट्रि फिल्मले उत्कृष्ठ अवार्ड पायो ।

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
“मरिसकेको मान्छे “नामक छोटो डकुमेन्ट्रि फिल्मले उत्कृष्ठ अवार्ड पायो ।

Share

काठमान्डौ इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिभल कार्यक्रमबाट यर्थात घटनामा आधारित”मरिसकेको मान्छे “नामक छोटो डकुमेन्ट्रि फिल्मले उत्कृष्ठ अवार्ड प्राप्त गरेको छ । उक्त अवार्डमा नगद रासी रु ७५ हजार पुरस्कार प्रदान गरिएको थियो । यो वृतचित्र उज्यालो मल्टिमिडियाले उत्पादन गरेको हो ।यस डकुमेन्ट्री फिल्मलाई  तयार पार्नै उत्कृष्ठ कार्य लामो समय साझा सवालमा कार्यक्रम प्रस्तोस्ताको रुपमा काम गर्नै विधा चाँपागाई  लगायत त्यसमा आफनो अत्यन्तै खोजमूलक बनाएर समय दिनुहुने उनका टिमहरुको रहेको छ ।

मरिसकेको मान्छे नामक डकुमेन्ट्रि फिल्म विदेशमा आफना परिवार पाल्नका निमित, काम गर्न गएका नेपाली यूवाको बाकसमा फर्रिएर आएको लाशको घटनामा आधारीत रहेको छ । यस फिल्मको यर्थात चित्रण घटना भोगेकै व्यक्तिहरु बाटै गराइको छ । यो यस फिल्मको अत्यन्तै महत्वपूर्ण पाटो रहेको छ । जसलाई हेरेर बिषयबस्तुको वास्तविक रुपमा महसुस गर्नुका  साथै आशु र हासो दुबै प्राप्त गर्छो ।

तपाईको प्रतिक्रिया