बायोलोजिकल ,साईकोलोजिकल र इनभाईरोमेन्टल फयाक्टरले मानसिक रोग र्सिजना गर्दछ :महालक्ष्मी आचार्य

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
बायोलोजिकल ,साईकोलोजिकल र इनभाईरोमेन्टल फयाक्टरले मानसिक रोग र्सिजना गर्दछ :महालक्ष्मी आचार्य

Share

जीवन भोगाईको लामो यात्रामा अनगिन्ति मोडहरु पार गर्नु पर्दछ । ती मोडमा कहिले सुख आउछन त कहिले दुख । सुखमा मानिस हौसल्लित हुन्छ भने दुखमा विच्चलित । जसका कारण मानिस मानसिक रोगको सिकार बन्दछ । समाजमा अहिले जटिल बन्दै गएको रोग हो यो । जुन ब्यकितले सजिलै पहिचान गर्न सक्दैन ।
साईकोसोसियल काउन्सलर महालक्ष्मि आचार्यका अनुसार मानसिक रोग साईकोलोजिकल ,बायोलोजिकल र इनभाइरोमेन्टल फयाक्टर बाट सिर्जना हुन्छ । जसका कारण सामान्य सामाजिक ब्यबहार बाट असामान्य बन्ने देखि लिएर सुसाइट सम्म गर्न मानिस पछि हटदैन ।

कुनै पनि असहज परिस्थितिले मानिसको मस्तिष्तको न्युरोनमा खरावि आउदछ र उसका विचारहरु नकारात्मक बन्दछन ।उसका व्यबहार र खानपानमा कम खाने अथवा बढि खाने भएर परिवर्तन आउनुु,डर लाग्नु एकान्त प्रेमि बन्नुु, मुटु दुख्नु कोहि सँग कुरा गर्न मन नलाग्नु ,थकित हुनु ,काम गर्न मन नलाग्नु आदी यसका लक्षण रहेका छन ।

यो प्रक्रिया लगातार दुई हप्ता भन्दा बेसि भएमा सम्बन्धित विज्ञ सँग राय सल्लाहा लिई समयमै उपचार गर्नु पर्दछ । जसमा आफना समस्या खुलेर बताउका निमित आचार्यको सुझाब रहेको छ भने त्यसैगरी यस रोग लाग्न नदिन आफु र बरिपरिको बाताबरणलाई सकात्मक सोचले भरिपुर्ण बनाउनु पर्दछ ।पौस्टिक आहार खाने , विहानको समयममा छिटो उठने र व्यायाम योग गर्नाले सकारात्मक सोच पैदा हुन्छ । जसले अप्ठयारा परिस्थितिमा पनि सहजता सिर्जना गर्दछ ।

पूरा भिडियो हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया