देशका विभिन्न हिमाली भेगमा हिमपात, चन्द्रगीरीमा पनि हिउँ पर्यो

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
देशका विभिन्न हिमाली भेगमा हिमपात, चन्द्रगीरीमा पनि  हिउँ पर्यो

Share

नारी कोसिस डटकम/पुस–२३, काठमाडौ । सोमवार उपत्यकाको मौसम बदली भई चिसो ह्वात्तै बढेको छ। काठमाडौँमा बिहान हल्का वर्षा भए सँगै चन्द्रागिरीमा हिउँ परेको छ।

चन्द्रागिरीमा करिब एक फिट सम्म हिउँ जमेको थियो। विगत केही वर्षदेखि राजधानीवासीलाई हिउँ खेल्ने वैकल्पिक स्थानका रुपमा चन्द्रगिरी गन्तव्य कनेको छ ।

साथै  कर्णाली प्रदेशका डोल्पा, हुम्ला, जुम्ला, मुगु लगायतका जिल्लामा भारी हिमपात भएको छ ।

आइतबार रातिदेखि सुरु भएको हिमपातले कर्णालीका बस्ती र डाँडाकाँडा ढाकेर सेताम्य भएको छ । बर्षातसँगै भएको भारी हिमपातले कर्णालीको जनजीवन कष्टकर बनेको छ ।

 

तपाईको प्रतिक्रिया