यी महिला हुन् बेलायती प्रधानमन्त्रीको भन्दा १७०० गुणा बढी कमाउँने

एजेन्सी, पुस २६ । बेलायतको अनलाइन ग्याम्बलिङ कम्पनी बेट ३६५ की सीईओ डिनाइज कोट्सको बार्षिक तलब सन् २०१७ मा ६.२ करोड डलरबाट बढेर ३४.१ करोड डलर पुगेको छ । २०१६ मा उनको कमाई २७.९ करोड डलर रहेको थियो । डिनाइजले विगत २ बर्षमा तलबको रूपमा ६२ करोड डलर रकम लिइसकेकी छन् ।
डिनाइज बेलायतकी सबैभन्दा धेरै तलब पाउने सीईओ हुन् । महिला सीईओहरु मध्ये उनी विश्वभरमा टपमा नै रहेकी छिन् । मिडिया रिपोर्टका अनुसार उनको बार्षिक कमाई बेलायतकी प्रधानमन्त्री थेरेसा मे को तुलनामा १७०० गुणा धेरै रहेको छ । बेलायती प्रधानमन्त्रीको बार्षिक कमाई करिब २ लाख एक हजार २२४ डलर रहेको छ ।
तपाईको प्रतिक्रिया