कपाल फुल्यो ? फुलेको कपलालाई कालो बनाउने ४ तरिका……

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
कपाल फुल्यो ? फुलेको कपलालाई कालो बनाउने ४ तरिका……

Share

नारीकोसिस डटकम । कालो र मुलायम कपाल सुन्दरताको प्रतिक हो । मानिसको शरिरलाई जस्तै कपाललाई पनि पोषण तत्वको आवश्यकता पर्ने हुनाले कपाल लाई स्वास्थ्य राख्न आबस्यक खाद्य पधार्थको सेवन तथा कपालमा प्रयोग गर्नु उतिकै जरुरी हुन्छ ।

वशांनु गुण तथा प्रतिकुल वातावरणको प्रभावका कारणले गर्दा कपाल उमेर नपुग्दै फुल्ने समस्याले निकै चिन्तित बनाएको छ । अधिकांश मानिस चाहे पुरुष होस् या महिला ।

सेतो कपाललाई अनेक किसिमले कालो बनाउने प्रयास गरिरहेको हुन्छ । त्यसैले यस्ता समस्याबाट मुक्त हुनका लागि केही घरेलु उपायहरु अपनाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ ।

१.  एक लिटर पानीमा २ चम्चा चियापत्ती राखेर उमाल्नुहोस्। मनतातो भएपछि त्यस पानीलाई छानेर त्यसैले कपाल धुने । यसपछि स्याम्पूको प्रयोग गर्ने ।

२.अमलाः अमलाको नियमित प्रयोगले सेतो कपालको समस्या समाधानमा सहयोग गर्छ । अमलामा मेहन्दी मिसाएर यसको घोललाई कपालमा लगाउनाले कन्डिसनिङको काम गर्छ । अमलालाई काटेर तातो नरिवलको तेलमा मिसाएर पनि लगाउन सकिन्छ ।

३.निबुवा
शुद्ध नरीवल तेलमा थोरै निबुवाको रस मिसाएर एकछिन उमाल्ने। नुहाउनुभन्दा १० मिनेट पहिला यस तेलले कपालको मालिस गर्ने।

४.दही
मेहेन्दी पाउडर र दही बराबर मात्रामा मिसाएर कपालको मसाज गर्ने। हप्तामा १ चोटि यो उपाय अपनाउने। गाईको दूध हप्तामा एकचोटी गाईको काँचो दूधले कपालको मसाज गर्ने। मसाज पछि मनतातो पानीले कपाल धुने।

तपाईको प्रतिक्रिया