गर्भवस्थाको बेलामा यी खाने कुराहरुमा ध्यान दिनुहोस्……..

नारीकोसिस डटकम । हामीलाई थाहा छ, गर्भवती र सुत्केरी अवस्था हरेक कुराले संवेदनशील अवस्था हो। यस्तो अवस्थामा अन्य समयमा भन्दा बढी हेरचाहको आवश्यकता पर्छ।
गर्भवती अवस्थामा राम्रो ख्याल गर्न सकियो भने आमा र बच्चाको स्वास्थ्यमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव रहन्छ।
हरेक सुत्केरी महिलाले ६ महिना सम्म शिशुलाई आफ्नो दुध मात्र सेवन गराउनु पर्दछ र पानी पनि आमाकै दुधमा उपलब्ध हुन्छ र आमाको दुध नै ६ महिना सम्म शिशुको लागी पूर्ण आहार होर शिशु ६ महिना पुगेपछि मात्र थप खाने कुराहरु खुवाउनु पर्दछ । त्यसैले गर्भवास्थामा आमाहरुले पोषिलो खाने कुरामा विशेष ध्यान दिनुपर्छ ।
विश्वका धेरै महिलाहरुलाई गर्भावस्थाको भोजन तथा स्वास्थ्यका बारेमा वैज्ञानिक जानकारी उपलब्ध गराउन नसकिँदा उनीहरु पोषणबाट वञ्चित रहेको विज्ञहरु बताउँछन् । विज्ञहरुका अनुसार गर्भावस्थामा महिलाहरुलेः
माछा, मासु, अण्डा, बदाम तथा गेडागुडी जस्ता प्रोटिनयुक्त खानेकुराको साथै दुध तथा दहीजस्ता क्याल्सियमयुक्त खानेकुरा पनि पर्याप्त खानुपर्छ ।
प्रशस्त फलफूल तथा तरकारी खानुपर्छ, आफ्नो सम्पूर्ण खानेकुराको कम्तिमा पनि पाँच भागमा एक भाग तरकारी तथा फलफूल हुनैपर्छ ।
हरेक सुत्केरी महिलाहरुले माथि उल्लेखित पोषणयुक्त खाने कुराहरु अनिवार्य रुपमा खानु पर्दछ र अन्य कुनै रोग भएमा र खाना बार्नु परेमा स्वास्थ्य सल्लाह लिनु पर्दछ ।
तपाईको प्रतिक्रिया