भीरबाट लडेर एक महिलाको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
भीरबाट लडेर एक महिलाको मृत्यु

Share

नारीकोसिस डटकम माघ ७, अर्घखाँची । भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका वडा नं ११ डिभर्ना अमिमाकी ३३ वर्षीया कमला बुढाथोकीको गयराती उपचारको क्रममा मृत्यु भएको हो।

गम्भीर घाइते भएकी उनलाई जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको र प्राथमिक उपचारपछि थप उपचारका लागी बुटवल बुटवलतर्फ लैजादै गर्दा गए राती पथ्थरकोटमा बुढाथोकीको मृत्यु भएको उनका आफन्तले जानकारी दिए।

मृतक बुढाथोकीसँगै घाँस काट्न गएकी कान्छी छोरी संगीता बुढाथोकीले आमा भीरबाट लडेको देख्न साथ स्थानीयलाई खबर गरेकी थिइन्।

तपाईको प्रतिक्रिया