निर्मलाको भजानइल स्वाव र उनकी आमाको डीएनए प्रोफाइल म्याच

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
निर्मलाको भजानइल स्वाव र उनकी आमाको डीएनए प्रोफाइल म्याच

Share

नारीकोसिस डटकमरमाघ १४, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको भजानइल स्वाव र उनकी आमा दुर्गादेवी पन्तको डीएनए प्रोफाइल म्याच भएको छ ।

आमा दुर्गादेवी पन्तले गत पुस २५ गते महाकाली अञ्चल अस्पतालमा पुगेर रगत दिएकी थिइन् । प्रोफाइल म्याच भएसँगै पहिले परीक्षणका लागि पठाइएको ‘भजाइलन स्वाब’ निर्मलाको भएको पुष्टि भएको हो

‘मृतकको डीएनए प्रोफाइलसँग उनकी आमाको रगतको नमुना म्याच भयो भनेर आएको छ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख ९एसपी० कुवेर कडायतले भने, ‘त्यसको टेक्निकल भाषा अटोसोमल एसटीआर’ भनिँदोरहेछ , सर्टकर्टमा प्रोफाईल म्याच भयो भन्ने रिपोर्ट आएको छ ।’

तपाईको प्रतिक्रिया