युरीपिडिजका जीवनोपयोगी भनाईहरु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
युरीपिडिजका जीवनोपयोगी भनाईहरु

Share

युरीपिडिज प्रसिद्ध ग्रीक दर्शकशास्त्री तथा नाटककार हुन् । उनको जन्म ४८० बिसीमा भएको थियो भने ७४ वर्षको उमेरमा ४०६ बिसीमा उनको निधन भएको थियो ।

-बुद्धिमान दश जनाको फौजको मूर्ख सय जनाको फौजलाई हराइदिन सक्छ ।

-कुनै पनि व्यक्तिलाई कुन कुरालाई विश्वास नगर्ने भन्ने थाहा छ भने, त्यो उसको विशेष तथा सबैभन्दा महत्वपुर्ण गुण हो ।

-सुखको मृत्यु भन्दा दु: खको जीवन उत्तम हो ।

-हामीले हाम्रो दिमागको हेरचाह गर्नुपर्छ । किनकी दिमाग बिनाको सुन्दरताको कुनै अर्थ रहन्न ।

-यदि खुसी हुन चाहान्छौं भने कडा मिहेनत गर । कडा मिहिनेत, बिना खुसी खोज्नु भनेको लाजमर्दो हो ।

-हामीसंग हाम्रो सम्पत्ति होइन, चरित्र रहिरहन्छ ।

-कोही व्यक्ति पनि जीवन भर खुशी रहन सक्दैन ।

-चरम आवश्यकता भन्दा बढी शाक्तिशाली केही पनि हुदैन । जब चरम आवश्यकता महसुस हुन्छ, व्यक्ति जस्तोसुकै कार्य गर्न पनि पछि हट्दैन।

-जुन कुराले तिम्रो भलो गर्छ, त्यो कुरा गर्नको लागि दु: ख नमान ।

-कोही व्यक्तिले पनि आत्मा विश्वासका साथ भन्न सक्दैन कि उ भोलि पनि जीवित रहनेछ । त्यसैले आत्माविश्वासका साथ जे गर्नुछ, आजै गर ।

-घृणा र अलोचना बिना अधिकार आउनै सक्दैन ।

-हरेक कुरामा प्रश्न गर केही सिक ।तर कम बोल ।

-आफ्नो विचार बाहिर व्यक्त नगर्नु भनेको आफू दासतामा बांच्नु हो ।

-यदि भगवानले अनैतिक काम गर्छन् भने उनी भगवान होइनन् ।

-तिमीले जति धेरै प्रयास गर्छौं, त्यति नै अगाडी बड्छौं ।

-जुन  प्रेमीले जीवन भर गर्न सक्दैन उ प्रेमी नै होइन ।

-जीवनको हरेक रहस्यलाई खोज्ने प्रयास गर ।

-मानिसको सबै भन्दा ठूलो रोग अनुशासन हीनता हो ।

तपाईको प्रतिक्रिया