आफ्नो शरीर अनुसार जिन्सको नयाँ ट्रेन्डः कसरी छनौट गर्ने ?

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
आफ्नो शरीर अनुसार जिन्सको नयाँ ट्रेन्डः कसरी छनौट गर्ने ?

Share

नारी कोसिस डटकम/ न पुरानो हुन्छ, न नयाँ । सधै एकनास । जिन्स, सदाबहार पहिरन । जिन्स, जुन उमेर समूहका लागि पनि उपयुक्त हुन्छ । बालकदेखि बुढोसम्म । जसले, जसरी लगाएपनि जिन्समा खोट देखाउन सकिदैन । तपाईं काम गर्दा लगाउन सक्नुहुन्छ, कार्यलय धाउदा पनि । क्याजुअल, फर्मल सबै रुपमा ।

जिन्सको अर्को खास गुण भनेको, यो टिकाउयुक्त हुन्छ । बलियो । जिन्स जति पुरानो भएपनि  लगाए हुन्छ । त्यसैले अहिले यस्ता व्यक्तिm सायदै नहोलान्, जसको दराजमा जिन्स छैन ।
‘ब्लू जिन्सका लेखक मानवशास्त्री डेनी मिलार भन्छन् कि, जिन्स हरेक ठाउँमा छ । यो आफ्नो सरलताको कारण विश्वभरका देशमा लगाइन्छ ।

सत्य के पनि भने, यो १९ औं शताब्दीमा अमेरिकामा बनाइएको जिन्स अहिले विश्वभर लगाउने गरिन्छ । क्याजुअल वेयरको दुनियामा क्रान्ति ल्याएका ब्लू डेनिम्ससँग अहिले कसैले प्रतिस्पर्धा गर्न सक्दैन । तर, अहिले विश्वमा थरी –  थरी डिजाइन र रंगको जिन्स हावी हुँदै गएको छ । समयसँगै यसमा केही घतलाग्दा परिवर्तन भए ।

हामीले पहिरन छनौट गर्दा हाम्रो गल्ती के हुन्छ भने, अरुलाई राम्रो देखिएपछि हामी पनि त्यस्तै खोज्ने गछौं । अरु कसैले लगाएको लुगा सुहाएको छ भने हामीलाई त्यसले सुहाउँछ भन्ने मनोविज्ञान हामीसँग हुन्छ । त्यसैको अनुसरण गरेर पहिरन खरिद गर्छौं, लगाउँछौं । अपेक्षाकृत नसुहाउन सक्छ ।

किनभने कुनैपनि पहिरन आफ्नो रुपरंग र शारीरिक ढाँचा अनुरुप नै छनौट गर्नुपर्छ । कतिसम्म भने, आफ्नो प्रवृत्ति र पेशा र व्यवसायसँग पनि सुहाउँदो लुगा लगाउनु बढी उपयुक्त हुन्छ । यसरी आफ्नो शरीर, रुपरंग, प्रवृत्ति, पेशा र व्यवसायसँग मिल्दो पहिरन छनौट गर्न सकेमा मात्र सुहाउँदो देखिन्छ । साथसाथै हेक्का राख्नुपर्ने कुरा,  अहिले पहिरनको के कस्ता ट्रेन्ड छ कस्तो पहिरन के सँग लगाउने इत्यादि कुराहरुको जानकारी हुनु आवश्यक छ ।

तपाईको प्रतिक्रिया