शीर देखि पाउसम्म औषधीय गुण बोकेको सब्जी सजिवन हो ।

नारी कोसिस डटकम/सजिवन अत्यन्त लाभदायक सब्जी हो। भनिन्छ, सजिवनले शिरदेखि पाउसम्म औषधीय गुण बोकेको हुन्छ। नेपालमा सहजै पाइने भए पनि सजिवनको औषधीय गुणका बारेमा भने कमैलाई मात्र थाहा छ। छिप्पिएको सजिवनको कोसामा छेक्रा हुने हुँदा धेरैले मन पराउँदैनन् तर कलिलोमा भने निकै मुलायम हुन्छ।
सजिवनको गेडाबाट तेल निकालिन्छ, जुन अमूल्य औषधि मानिन्छ। आयुर्वेदमा सजिवनको प्रयोगले ३ सयभन्दा बढी रोगको निदान हुन्छ । सजिवनको फूल, फल, डाँठ, कोसा र पात यति पोषक मानिन्छ कि, विश्व स्वास्थ्य संगठनको मार्गदर्शनले दक्षिण अफ्रिकाको कयौं देशमा कुपोषण पीडितहरुलाई आहारको रुपमा प्रयोग गर्न सल्लाह दिएको छ।
सजिवनका गुणहरु :
१.सजिवन या सजिवनको पात सेवन गर्नाले शरीरमा रहेको
विकारयुक्त रगत शुद्धीकरण हुन्छ।
२.हड्डी मजबुत बनाउन भूमिका खेल्छ।
३.कोलेस्टेरोल लेबललाई नियन्त्रणमा राख्न मद्दत गर्छ।
४.उच्च रक्तचाप नियन्त्रण गर्न विशेष भूमिका हुन्छ।
५. रुघा–खोकी जस्ता संक्रमण हुनबाट जोगाउँछ।
गर्भावस्थामा आउने विभिन्न समस्यालाई नियन्त्रण गर्न मद्दत गर्छ।
६. छालासम्बन्धी संक्रमणबाट जोगाउँछ।
७. सजिवन पोषणयुक्त सब्जी भएको हुनाले कुपोषण हुनबाट जोगाउँछ ।
८. सजिवनको जरा कुटेर रस नियमित खानाले किड्नीमा रहेको पथ्थरी हटाउन मद्दत गर्छ ।
९. मुटुसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ।
१०. शरीरमा आउने निराशपन हटाएर स्फुर्ती थप्ने काम गर्छ।
तपाईको प्रतिक्रिया