गुलाबका विभिन्न किसिमका रङहरुको प्रतिक र अर्थ फरक – फरक हुन्छ….

६ वर्ष पहिले
गुलाबका विभिन्न किसिमका रङहरुको प्रतिक र अर्थ फरक – फरक हुन्छ….

Share

नारी कोसिस डटकम/प्रेम गर्न, दर्साउन कुनै विशेष मौका, अवसर पर्खिनु पर्दैन । अहिलेको समय सन्दर्भमा हेर्दा प्रेमभित्र लुकाएर गर्दैन ।  प्राय जसो खुल्ला रुपमा गरिरहेका हुन्छन् । आफ्नो घर परिवार, साथीभाई, नाता गोताहरुलाई पनि प्रेमका कुराहरु सुनाइरहेका हुन्छौ, यस्ता केही विशेष अवसर हुन्छन् जहाँ प्रेमबारे राम्रै चर्चा हुने गर्छ । हरेक वर्ष फेब्रअरी १४ तारिखमा पर्ने भ्यालेन्टाइन डे आउन अब केहि दिन मात्रा बाँकी छ तर यसअघि पनि विभिन्न ‘डे’ मनाइन्छन् । गुलाबका रङहरु अनुसार त्यसको अर्थ, प्रतिक पनि फरक – फरक हुन्छन् ।

रातो गुलाब : प्रेम, शान्ति र क्षमताको प्रतिक

भ्यालेन्टाइन डेमा सबैभन्दा धेरै रातो गुलाबको आदान–प्रदान हुन्छ । यसलाई प्रेमको प्रतिकको रुपमा हेरिन्छ । रातो गुलाब प्रेम र मनोभावनाको प्रतिक पनि हो ।

गुलाफी गुलाब : मित्रता र मुटुको धड्कनको प्रतिक

यदि कसैले तपाईंलाई भ्यालेन्टाइन डेमा गुलाफी गुलाब दियो भने तपाईंले बुझ्नुहोस् कि ती व्यक्तिले तपाईंलाई ‘मेरो मुटुको धड्कन तिम्रो लागि बाँचिरहेको छ’ भनिरहेका छन् । गुलाबी रङको गुलाबले सुन्दरता जनाउँछ र हल्का गुलाफी रङको गुलाबको अर्थ भने सहानुभुती र गाढा गुलाफी रङलाई भने कृतज्ञतासँग जोड्ने गरिएको छ ।

पहेँलो गुलाब : मित्रता

पहेँलो गुलाब मित्रताको प्रतिक हो । भ्यालेन्टाइन डेको दिनमा खासै आदानप्रदान नुहुने यो रङको गुलाब फ्रेन्डशिप डेमा भने जमेर प्रयोग गरिन्छ ।

सेतो गुलाब :  साँचो प्रेम र स्वच्छ हृदयको प्रतिक

सेतो गुलाब साँचो प्रेम र स्वच्छ हृदयको प्रतिक हो । कसैले चोखो मनले माया गरेको छ भने सेतो गुलाब उपहारको रुपमा रोज्छन् । सेतो रङको गुलावको अर्थ भने शुद्धता सरलता र शान्तिसँग जोडिन्छ ।

तपाईको प्रतिक्रिया