छुरा प्रहार गरी एक महिलाको हत्या

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
छुरा प्रहार गरी एक महिलाको हत्या

Share

नारीकोसिस डटकम/माघ २९, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका – ४ स्थित माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ ।

डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले छुरा प्रहार गरी हत्या गरेको हो । ।

हत्या गर्ने लालबहादुर राई इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । सोनिया विवाहित हुन् । उनका श्रीमान् विदेशमा भएको बताएका छन् । हत्याबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि चौलागाईले बताए ।

तपाईको प्रतिक्रिया