अहिलेका युवतीहरु किन विवाह गर्न आनाकानी गर्दैछन् ।

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
अहिलेका युवतीहरु किन विवाह गर्न आनाकानी गर्दैछन् ।

Share

नारी कोसिस डटकम/अहिले समय बद्लिएको छ । वाल उमेरमा विवाह गर्ने चलन छैन । अब त किशोर वा युवाअस्थाको विवाह पनि पर धकेलिदैछ । अहिले धेरैजसो युवती उमेर ढल्किसक्दा पनि विवाहका लागि राजी हुँदैनन् । २५/ ३० वर्षको उमेर सम्म पनि एक्लो जीवन बाँच्दै आएका छन् । उनीहरुलाई अहिले न त विवाहको चिन्ता छ, न त उनीहरुको जीवन जिउने तरीकामै कसैले प्रश्न उठाउने गरेको छ । अहिले विवाहको भन्दा पनि करियर बनाउने चिन्ता बढेको छ । विवाह बन्धनमा बाधिनु पूर्व विवाह गर्नाले आइपर्ने हरेक पलबारे राम्ररी सोचविचार गर्छन् । किनकी आजको युगमा महिलाहरुको अन्तिम लक्ष्य विवाह मात्रै हैन ।

कसरी आयो परिवर्तन :

१. आजकलका युवायुवतीहरु शिक्षित हुँदै गएका छन् । र, शिक्षाकै कारण उनीहरुको सम्पूर्ण समाजकै सोच नै बदलिन थालेको छ । मानिसहरुमा आत्मविश्वास जाग्न थालेको छ । उनीहरु आत्मनिर्भर हुन थालेका छन् ।

२. जसले गर्दा अहिलेका पिढीलाई विवाह गर्नु भन्दा आफ्नो करियरमा फोकस गर्नु बढी आवश्यक लाग्न थालेको छ । कयौ महिलाले आफ्नो परिवारलाई आर्थिक सहयोग समेत गर्दै आएका छन् । जसले गर्दा उनीहरुका लागि विवाह भन्ने कुरा कम महत्वपूर्ण हुँदै गएको छ ।

३.  त्यतिमात्र हैन, समाजमा हुने बेमेल विवाहले पनि कयौ महिलाहरुको सोच परिवर्तित गरेको छ । जसले गर्दा उनीहरु विवाह गर्नुभन्दा एक्लो जीवन बाँच्नमै खुशी महसुस गर्न थालेका छन् ।

४. त्यसबाहेक, चट मगनी, पट विवाह’ मा आजकलका युवापुस्ताले विश्वास पनि गर्दैनन् । हरेक दिन बढीरहेको डिर्भोसको घटनाका कारण पनि उनीहरुले आफ्नो सोच बदल्न बाध्य भएका छन् ।

५. त्यस्तै, एकल परिवार, कमिटमेन्टको भय, पाश्चत्य जीवनशैलीको प्रभावका कारण पनि आजकलका युवापुस्तामा ढिलो विवाहको होड बढ्दो क्रममा छ ।

कसरी खोज्ने सही जीवनसाथी :

१. अहिलेका युवापुस्ता मेचोर हुँदै गएका छन् । तर उनीहरुमा सहनशक्ति, त्याग तथा बलिदान जस्ता कुरा कम हुँदै गएको छ । उनीहरुको यस्तो जीवनसाथीको खोजीमा हुन्छन्, जसले उनीहरुलाई सम्झिउन्, पैसा, स्टेटस जस्ता कुरा बाहेक पनि भावनात्मक सर्पोट बढी होस् ।

२. यी कारक बाहेक पनि अन्य थुप्रै व्यक्तिगत कारण पनि हुन्छ, जसले गर्दा ढिलो विवाह हुने गर्छ । त्यसबाहेक, अभिभावकको सोचमा आएको परिवर्तनका कारण आजकल युवापुस्ताको विवाह ढिला हुन थालेको छ ।

३. त्यतिमात्र हैन, आजकलका अभिभावकले युवापुस्तालाई विश्वास पनि धेरै नै गर्छन् । त्यसैले, उनीहरुले आफ्नो बच्चालाई धेरै दवाव दिदैनन् । बरु पढाई नसकिएसम्म र करियर नबनाएसम्म विवाह नगर्न सुझाव दिन्छन् ।

आजकलका अभिभावक आफ्नो बच्चाको खुशीका लागि समाजसित लड्न पनि तयार हुन्छन् । उनीहरु कुनै पनि हालतमा समाजसित झुक्न चाहँदैनन् । उनीहरुका लागि आफ्ना छोराछोरीको खुशी नै सर्वोपरी हुन्छ । उनीहरुलाई आफ्नो छोराछोरीको भविष्यलाई लिएर चिन्ता अवश्य हुन्छ । उनीहरु आफू छँदै ‘छोराछोरीले विवाह गरुन्’ भन्ने पनि चाहना राख्छन् । तर, फेरी, बच्चाको खुशीको अगाडी उनीहरुको चिन्ता बेकार हुन पुग्छ । र, उनीहरु यसको अन्तिम निर्णय बच्चाहरु माथि नै छोडिदिन्छन् ।

तपाईको प्रतिक्रिया