विश्राम

नारी कोसिस डटकम/स्वस्थ रहनको लागि आवश्यक पर्ने विभिन्न तत्वहरुमध्ये विश्राम पनि एक महत्वपूर्ण तत्व हो । विश्रामको अर्थ हुन्छ रोकिनु । शरीरले लगातार काम गरिरहन सक्दैन । बिच- बिचमा आराम चाहिन्छ । त्यसैले शरीरमा थकानको महसुस हुन्छ । यो प्राकृतिक नियम हो । प्रकृतिले नै हाम्रो शरीर संरचनाको यस्तो व्यवस्था मिलाइएको छ कि प्रत्येक कुराको संकेत हामीलाई दिइरहेको हुन्छ । शरीरमा रोग लाग्नुको कारण नै प्रकृतिको नियमलाई बुझ्न नसक्नु वा बुझेर पनि पालना नगर्नु अथवा प्रकृतिको नियमलाई उलङ्घन गर्नु हो ।
मानिसले भोग लागेको बेलामा शरीरको प्रकृति अनुकुल आहार लिने, निद्रा लागेको बेलामा आनन्दले मस्त सुत्ने र थकाइ लाग्दा विश्राम गर्ने हो भने ऊ सधैं स्वस्थ रहन सक्छ तर न त हामी भोग लागेको बेलामा उचित आहार लिन्छौं न त निद्रा लाग्दा सुत्छौं न त शरीर थाक्दा विश्राम नै लिन्छौं । शरीर लगातार गरेको कामको बोझले थाकिसक्दा पनि यति काम सकिहालौं अनि आराम गरौंला भनेर बेवास्ता गर्छौ । शरीरले आराम खोजेको बेलामा आराम दिन सकिएन भने शरीरको शक्ति क्षीण हुदैं जान्छ र हामीलाई आवश्यक पर्दा शरीरले शक्ति निकाल्न सक्दैन । त्यसैले बाचुन्जेल स्वस्थ रहनको लागि हामीले विश्रामलाई महत्व दिनैपर्छ ।
महालक्ष्मी आचार्य
तपाईको प्रतिक्रिया