ल्वाङले स्वास्थ्यलाई फाइदा गर्छ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
ल्वाङले स्वास्थ्यलाई फाइदा गर्छ

Share

नारी कोसिस डटकम/काठमाण्डौं । ल्वाङ बोटमा बासनादार फूल हुन्छ । जसलाई सुकाएर मसला बनाइन्छ । जसमा औषधीय गुणयुक्त युजेनल नामक तत्व हुन्छ । त्यसले स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधान गर्छ । ल्वाङ नियमित सेवन गर्दा मुखमा सेलाइवा नामक रस बढी नै उत्पादन हुन्छ । जसले खाना पचाउन मद्दत गर्नुका साथै एसिडिटीको समस्याबाट राहत दिलाउँछ ।

ल्वाङको सेवनले रोग प्रतिरोधी क्षमता वृद्धि हुन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा अत्यधिक हुने भएकाले छालालाई नरम र चम्किलो बनाइराख्न मद्दत पु¥याउँछ । ल्वाङमा हुने पोटासियम र भिटामिन ए को मात्राले शरीरमा कमजोरीपन आउने समस्या हटाउन सहयोग गर्छ ।

ल्वाङले आँखाको ज्योतिलाई कायम राख्न मद्दत गर्छ । साथै, पिनासको जोखिम कम गर्छ । ल्वाङ हालेको चिया नियमित पिउँदा दाँत बलियो हुने, मुखभित्रका घाउ निको हुने गर्छ । त्यसैगरी, कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्छ । यो सामग्री नयाँ पत्रिकामा प्रकाशित रहेको छ ।

तपाईको प्रतिक्रिया