हेलिकोप्टर दुर्घटना: पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको निधन

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
हेलिकोप्टर दुर्घटना: पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको निधन

Share

नारीकोसिस डटकम/फागुन १५, काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।

तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गरेर ताप्लेजुङमा रहेको पाथिभरा दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको गृह सचिव प्रेमकुमार राईले बताएका छन् ।

राज्य व्यवस्था समितिमा नागरिकताको विषयमा छलफल चलिरहँदा सचिव राईले मन्त्री चढेको हेलिकप्टर दुर्घटना भएको जानकारी दिए । कल साइन एएमआई (अल्फा माइक इन्डिया)  कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाण्डौंबाट बिहान साढे ८ बजे उडेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पठाएका विमानस्थल स्रोतले बताएको छ।

हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए।हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए।

 

 

तपाईको प्रतिक्रिया