प्रधानमन्त्रीले ओडाए मन्त्री अधिकारीको पार्थिव शरिरमा राष्ट्रिय झण्डा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
प्रधानमन्त्रीले ओडाए मन्त्री अधिकारीको पार्थिव शरिरमा राष्ट्रिय झण्डा

Share

नारीकोसिस डटकम/फागुन १७, काठमाण्डौं । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएका छन् ।

काठमाण्डौंको सैनिक मञ्च टुँडिखेलमा भएको श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री रविन्द्र अधिकारीको पार्थिव शरीरमाथि राष्ट्रिय झण्डा ओडाएका हुन् ।

राष्ट्रपति, उपराष्ट्रपति र नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन्।

यस्तै पार्थिव शरीरमा नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डले पार्टीके झण्डा ओढाएका थिए ।

काठमाण्डौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाण्डौं फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

 

तपाईको प्रतिक्रिया