भावविह्वल टुँडिखेल (तस्बिरहरु)

नारीकोसिस डटकम/फागुन १७, काठमाण्डौं । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित सातै जनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको छ ।
श्रद्धाञ्जलि दिन मृतकका परिवार, भीभीआईपी, आफन्त र सर्वसाधारणसमेत टुँडिखेलमा पुगे । आफन्तजन, शुभेच्छुकको भीड तथा भावविह्वल बनेका थिए।
श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री रविन्द्र अधिकारीको पार्थिव शरीरमाथि राष्ट्रिय झण्डा ओडाएका थिए ।
राष्ट्रपति, उपराष्ट्रपति र नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन्।
काठमाण्डौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाण्डौं फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।
तपाईको प्रतिक्रिया