कागेश्वरी मनोहरा नगरपालिका: एक परिचय

नारीकोसिस डटकम । नेपालको ७५३ वटा स्थानीय तह मध्ये कागेश्वरी मनोहरा नगरपालिका पनि एक हो । संघिय प्रणाली अनुसार प्रदेश नं. ३ अन्तर्गत काठमाडौं जिल्लामा यो नगरपालिका पर्दछ । नेपालको राजधानी काठमाडौंको उत्तर पूर्वमा अवस्थित यस कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ (साविक गागलफेदी गाविस) १ मा अवस्थित ऐतिहासिक धार्मिक महत्व बोकेको कागेश्वरी महादेव मन्दिर र मनोहरा खोलाको नामबाट नामकरण गरिएको यो नगरपालिकामा जम्मा ९ वटा वडा रहेका छन् ।
यो नगरपालिका मिति २०७१ मंसिर १६ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट साविक गोठटार मूलपानी, डाँछी, भद्रावास, आलापोट र गागलफेदी गाविसलाई समायोजन गरी गठन गरिएको नगरपालिका हो ।
विविध धार्मिक, सांस्कृतिक, प्राकृतिक स्रोतहरुको पहिचान बोकेको यस नगरपालिका समुद्री सतहबाट १२९७ मिटर देखी २२५८ मिटर उचाईमा रहेको यस नगरपालिका जम्मा २८.८० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस नगरपालिकाको पूर्वमा शंखरापुर नगरपालिका, पश्चिममा काठमाडौं महानगरपालिका र गोकर्णेश्वर नगरपालिका, उत्तरमा सिन्धुपाल्चोक जिल्ला, दक्षिणमा मध्यपुरठिमी नगरपालिका रहेको छ ।
यस नगरपालिका क्षेत्रभित्र मुख्य धार्मिक तथा ऐतिहासिक स्थलहरु क्रमशः कागेश्वरी महादेव मन्दिर, नवतनधाम, चम्पक विनायक, मन्दिर काष्ठमण्डप, भैरव मन्दिर, कोल्मतेश्वर, थली बालकुमारी मन्दिर गुम्बाहरु लगायत अन्य देवी–देवताका मठमन्दिरहरु रहेका छन् । त्यसै गरी यस नगरपालिका अन्तर्गत पर्ने मुख्य नदीहरु बाग्मती र मनोहरा रहेका छन् भने अन्य स– साना खोलाहरु वासुकी, झरुवा, ढकाल, कागेश्वरी, महादेव लगायत नियमित पानीको वहाव रहने अन्य साना खोल्सा खोल्सीहरु समेत रहेका छन् ।
भविष्यमा ऐतिहासिक कागेश्वरी महादेव मन्दिर भएका कारण महत्वपूर्ण धार्मिक तिर्थस्थल हुने संभावना समेत बोकेको देखिन्छ । नगरपालिकाले पनि यसलाई धार्मिक तिर्थस्थल तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने आयोयोजना अगाडि वढाइएको छ ।
त्यसै गरी यस नगरपालिका अन्तर्गत पर्ने मुख्य नदीहरु बाग्मती र मनोहरा रहेका छन् भने अन्य स – साना खोलाहरु वासुकी, झरुवा, ढकाल, कागेश्वरी, महादेव लगायत नियमित पानीको वहाव रहने अन्य साना खोल्सा खोल्सीहरु समेत रहेका छन् ।
२०६८ सालको जनगणना अनुसार यहाँको जम्मा जनसंख्या ६५ हजार रहेको छ भने घर धुरी संख्या १४ हजार २ सय घरधुरी रहेको छ भने कागेश्वरी मनोहरा नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण २०७५ अनुसार जम्मा जम्मी जनसंख्या १ लाख २ हजार १ सय ३१ रहेको र २६ हजार १ सय ६६ घरधुरी रहेका छन् । सवै जातजाति तथा विभिन्न समुदायको वसोवास रहेको यस नगरपालिकामा खस आर्य समुदायको वाहुल्यता रहेको पाईन्छ ।
बढ्दो जनसंख्याका कारण यस नगलपालिका शहरीकारण तर्फ उन्मुख हुँदैछ । यहाँको आयस्रोत भनेको व्यापार व्यवसाय तथा रोजगार रहेको पाईन्छ ।
यस नगरपालिका अन्तर्गत सामुदायिक तथा संस्थागत विद्यालयहरुमा मा. वि, नि .मा .वि र मन्टेश्वरी गरी समग्रमा ७४ वटा विद्यालयहरु रहेका छन् ।
यसै गरी ५ स्वास्थ्य चौकी, गुम्वा विद्यालय १, महिला गृहिणी विद्यालय १, स्वास्थ्य चौकी ५, प्राथामिक स्वास्थ्य केन्द्र १, बर्थिङ्ग सेन्टर २, आयुर्वेदिक चिकित्सालय,१ खोप क्लिनिक २० गाँउघर क्लिनिक १३ वटा र पशु सेवा केन्द्र २ वटा रहेको छ ।
साक्षरता दर ८५.२१ प्रतिशत रहेका छन् । यहाँका महिलाहरुको शैक्षिक तथा आर्थिक अवस्था विगतको तुलनामा अहिले केही हदसम्म सुधार भएको पाइन्छ। उनीहरुको आर्थिक, सामाजिक, शैक्षिक अवस्था सुधार गर्न नगरपालिकाले पनि महिला लक्षित विभिन्न आयमूलक तथा सिपमुलक कार्यक्रमहरु पनि अगाडि बढाईरहेको छ ।
विश्व आधुनिक सूचना प्रविधिको विकासले फड्को मारेसँगै यस नगरपालिका पनि सूचना प्रविधिलाई पछ्याईरहेको छ । यस नगरपालिकाको सबै वडामा यातायात, टेलिफोन सेवा, इन्टरनेट तथा विद्युत सेवा पुगेको छ ।
यस नगरपालिकाको प्रमुख सडकको रुपमा जोरपाटी साँखु, सडक, पेरिस ब्रम्हखेल सडक, कागेश्वरी चक्रपथ पर्दछन् । यातायात सेवा सवै वडामा पुगेता पनि पर्यप्ता सेवा भने होइन । त्यसैले नगरपालिकाले आगामी योजनाहरुमा सडक स्तरोउन्नतीको लागि बढी प्राथामिकता दिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकालाई नमुना नगरपालिका तथा समृद्ध नगरपालिका निर्माणको लागि स्वच्छ सफा हराभरा, बनाऔं कागेश्वरी मनोहरा भन्ने मूल नारा सहित यस नागरपालिका योजनावद्ध ढंगले अगाडि वढिरहेको छ ।
यस नगरपालिकामा एैतिहासिक धार्मिक, सांस्कृति प्राकृतिक रमणिय पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावन रहेकोले यस नगरपालिकाले आगामी दिनहरुमा व्यवस्थित ढंगले विकास गर्दै जाने हो नेपालकै नमुना नगरपालिका नहोला भन्न सकिन्न ।
तपाईको प्रतिक्रिया