निर्मला प्रकरण: पूर्वडीएसपी सेट्ठीसहित ६ प्रहरी पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
निर्मला प्रकरण: पूर्वडीएसपी सेट्ठीसहित ६ प्रहरी पक्राउ

Share

नारीकोसिस डटकम/फागुन २३, काठमाण्डौं । निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा केही महिनाअघि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी, इन्सपेक्टर एकेन्द्र खड्का र चाँदनी साउद सहित ६ जनालाई बयानका लागि नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

२०७५ साउन १० गते निर्मला पन्तको शव उखुबारीमा फेला परेको थियो ।

तपाईको प्रतिक्रिया