बर्दियामा १२ वर्षकी बालिका बच्चाकी आमा भइन्

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
बर्दियामा १२ वर्षकी बालिका बच्चाकी आमा भइन्

Share

बर्दिया । गुलरिया ( बर्दियाको गेरुवा गाउँपालिका ४ ) की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भइन् । ०६३ चैत १३ मा जन्मिएकी भावनाले ०७५ फागुन ७ गते माइतीघरमा छोरीलाई जन्माएकी हुन् । स्वास्थ्य संस्थामा समेत नपुगी उनी आमा बनेकी हुन् । आमा बन्दा उनको उमेर ११ वर्ष १० महिना २४ दिन मात्रै भएको थियो ।

गर्भ रहेको ९ महिनामा घरमै सुत्केरी भएकी भावना र उनकी छोरी पूर्णिमाको अवस्था सामान्य रहे पनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा छ । भावनाको शरीर सुन्निएर ज्वरो आएको छ । गाउँकै सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्यनरत १४ वर्षीय नन्दबहादुर रावतसँगको बालविवाहले गर्दा भावनालाई कष्टपूर्ण अवस्थामा पु¥याएको हो ।

एकातिर कलिलो उमेरमै भएको सुत्केरी अवस्थाको पीडा त छँदैछ अर्कोतिर आर्थिक अभावका कारणा साँझ बिहानको छाक टार्न समेत धौँ धौँ छ उनीहरुलाई । सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खानुपर्छ, तर भावना आर्थिक अभावका कारण पौष्टिक आहार खानबाट समेत बञ्चित छिन् । यो समाचार अन्नपूर्णमा यादव आर्चायले लेखेको बाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया