मिलको पट्टामा सल बेरिएर महिलाको मृत्यु

नारीकोसिस डटकम/ फागुन २६, बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरमा धान कुटाउने मिलको पट्टामा सल बेरिएर एक महिलाको मृत्यु भएको छ ।
फत्तेपुरको सिधनवास्थित सिधनवा राइस मिलमा धान कुटाउन गएकी राप्तीसोनारी ६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र विकेले जानकारी दिए ।
घटनास्थल सदरमुकाम नेपालगञ्जदेखि करिब १५ किलोमिटर टाढा राप्ती नदीपारि पर्दछ । मृतक थारूको शवलाई परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्जमा राखिएको छ ।
तपाईको प्रतिक्रिया