हत्या आरोपमा एक नेता पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
हत्या आरोपमा एक नेता पक्राउ

Share

नारीकोसिस डटकम/फागुन २६,  विराटनगर । मोरङ बेलबारीकी २६ वर्षीया युवतीको हत्या आरोपमा नेकपा मोरङका नेता योगेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेका छन् ।

बेलवारी नगरपालिका –४, की रमिला राईको हत्या गरी शव बेपत्ता बनाएको आरोपमा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । राई फागुन १८ गते शुक्रबारदेखि हराएको सूचना पाएको प्रहरीले गुरुङलाई इलामबाट पक्राउ गरेको थियो ।

राईको हत्या गरी शव सप्तकोशीमा फालेको खुलेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए । पक्राउ परेका गुरुङले युवतीलाई कोठामै हत्या गरी गाडीमा शव लगेर सप्तकोशीमा फालेको स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ ।

शुक्रबार भेटका क्रममा विवाद भएपछि गुरुङले हत्या गरी शव सप्तकोशीमा फालेको प्रहरीले जनाएको छ ।

गुरुङ नेकपा एमाले बेलबारीका पूर्वअध्यक्ष, नोबेल अस्पताल बेलबारीका अध्यक्ष तथा एक साझेदारी वनकासमेत अध्यक्ष हुन ।

तपाईको प्रतिक्रिया