कानुन संकायमा नयाँ भर्ना खुल्यो

नारीकोसिस डटकम/फागुन २७, काठमाण्डौं । त्रिभुवन विश्वबिद्यालयले कानुन संकायमा नयाँ भर्ना खुल्ला गरेको छ । त्रिविले कानुन संकाय अन्तर्गत सेमेस्टर प्रणाली अनुसार पढाइ हुने स्नातकोत्तर तहमा नयाँ भर्नाको लागि आवेदन मागेको हो ।
भर्ना हुन चाहाने विद्यार्थीले तोकिएको शुल्क सहित यहि चैत्र २५ गतेसम्म प्रवेश परीक्षा फारम भरेर बुझाउनुपर्ने छ । प्रवेश परीक्षा मिति २०७६ साल बैशाख ७ गते संचालन हुने छ ।
तपाईको प्रतिक्रिया