मकवानपुरगढीमा जन्ती बस दुर्घटना हुँदा दुई जनाको मृत्यु , पाँच जना गम्भीर घाइते

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
मकवानपुरगढीमा जन्ती बस दुर्घटना हुँदा दुई जनाको मृत्यु , पाँच जना गम्भीर घाइते

Share

नारी कोसिस डटकम/फागुन २८, हेटौंडा । मकवानपुरमा जन्ती बोकेका वस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।

अहिले उद्दारको कार्य चलिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया