लडेर एक वृद्धको मृत्यु

नारीकोसिस डटकम फागुन २९, खोटाङ । खोटाङमा मंगलबार लडेर एक वृद्धको मृत्यु भएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६, नेर्पाको ७० वर्षीय टीकाराम गुरुङ दाउरा लिएर घर फर्कने क्रममा लडेर मृत्यु भएको हो।
खेतमा गहुँबाली हेरचाह गरेपछि दाउरा लिएर फर्कने क्रममा लडेर गुरुङको मृत्यु भएको वडासदस्य चित्र राईले जानकारी दिए । करिब १५–१६ फिट तल खोल्सीमा खसेका गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशव कटवालले बताए।
तपाईको प्रतिक्रिया