बालविवाह गराउने दुलाहा र दुलहीका बुवालाई बाबु पक्राउ
नारीकोसिस डटकम फागुन २९, सुर्खेत । प्रहरीले बालविवाह गराउने दुलाहा र दुलहीका बुवालाई पक्राउ गरेको छ ।
आइतबार पक्राउ परेका उनीहरुलाई बालविवाह अन्तर्गतको मुद्दा दायर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी प्रदिपबहादुर क्षेत्रीका अनुसार बराहताल गाउँपालिका–१० का ४७ वर्षीय जीतबहादुर सिंजाली र ४६ वर्षीय गंगाराम खत्रीलाई पक्राउ परिएको हो। पक्राउ परेका सिंजालीले १४ वर्षीय छोराको विवाह सोही ठाउँकी १८ वर्षीया बालिकासँग विवाह गराउँदै थिए।
प्रहरी निरीक्षक प्रेम रेग्मीले जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको बताए । उनले संविधानको परिच्छेद ११ को दफा १७३ अन्तर्गत दुबैलाई मुद्दा चलाइएको बताए। कानुनमा बालविवाह गर्ने तथा गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
तपाईको प्रतिक्रिया