विप्लवले गरेको बन्दमा : उपत्यकामा थोरै प्रभाव

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
विप्लवले गरेको बन्दमा :  उपत्यकामा थोरै प्रभाव

Share

नारीकोसिस डटकम/फागुन ३०, काठमाडौं । पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको थोरै प्रभाव काठमाडौं उपत्यकामा परेको छ ।

बिहानैबाट निजी सवारी साधनहरु चलिरहेका छन् । तर, सार्वजनिक सवारी साधनहरु कम मात्रामा  चल्दा यात्रुले सास्ती पाएका छन् ।

शैक्षिक संस्थाहरुमा बन्दको प्रभाव परेको छ । कलेज तथा विद्यलय नखुलेपछि पठनपाठन प्रभावित भएको छ ।

सरकारले नेकपा विप्लव समूहलको गतिविधिमाथि प्रतिवन्ध लगाएका कारण कहीँ पनि बन्दकर्ता सडकमा देखिएका छैनन् ।

विभिन्न स्थानमा बिहानैदेखि शंकास्पद वस्तु तथा बम भेटिएका कारण सार्वसाधारण भने त्रसित बनेका छन् ।

तपाईको प्रतिक्रिया