दोलखामा मजदुर बोकेको बस दुर्घटना, २४ जना घाइते र २ जनाको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
दोलखामा मजदुर बोकेको बस दुर्घटना, २४ जना घाइते  र २ जनाको मृत्यु

Share

 

नारीकोसिस डटकम चैत १, दोलखा । दोलखामा मजदुर बोकेको बस दुर्घटना हुँदा २४ जना घाइते र २ जनाको मृत्यु भएको छ ।

सिनो हाइड्रोले भाडामा लिएर चलाएको बा ४ ख ४५७३ नम्बरको बस शुक्रबार बिहान ७ः४५ बजे बिगु गाउँपालिका–१, नयाँबाटोमा दुर्घटना भएको हो ।

दुर्घटनामा सुर्खेत चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ का ४४ वर्षीय हीराप्रसाद मिजारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ ।

दुर्घटनामा घाइते २४ जनाको जिल्ला सदरमुकाम चरिकोटका अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, घाइतेमध्ये ४ को अवस्था गम्भीर छ ।

बस सडकबाट ३० मिटर तल खसेको छ । बस दुर्घटनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया