१६ वर्षे किशोरी नोबेल शान्ति पुरस्कारका लागि मनोनयन सूचीमा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
१६ वर्षे किशोरी नोबेल शान्ति पुरस्कारका लागि मनोनयन सूचीमा

Share

नारी कोसिस डटकम चैत १, काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि स्वीडेनकी एक स्कुले किशोरी पनि मनोनयन सूचीमा परेकी छन् ।

ग्रेटा थन्बर्ग नाम गरेकी बालिकालाई अन्तर्राष्ट्रिय अभियान जलवायु परिवर्तनको क्षेत्रमा योगदान पुर्‍याएवापत मनोनयन सूचीमा राखिएको हो ।

नर्वेका तीन जना सांसदले उनलाई मनोनित गरेका हुन् ।

नोबेल शान्ति पुरस्कारका लागि राष्ट्रिय राजनीतिज्ञ, अन्तर्राष्ट्रिय अफिसियल, प्राज्ञ तथा विगतका विजेताहरुले सम्भावित व्यक्तिहरुको मनोनयन गर्न सक्छन् ।

यो पुरस्कार आगामी अक्टोबरमा घोषणा गरिने छ भने डिसेम्बरमा प्रदान गरिने छ ।

नर्वेको राजधानी ओस्लोमा नोबेल पुरस्कार वितरण गरिन्छ ।

सन् २०१९ को नोबेल शान्ति पुरस्कारका लागि ३०१ जना मनोनयनमा परेका छन् जसमध्ये २२३ व्यक्ति र ७८ संस्था छन् ।

तपाईको प्रतिक्रिया