लगाएको एक सरो लुगाबाहेक केही बचेन

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
लगाएको एक सरो लुगाबाहेक केही बचेन

Share

नारीकोसिस डटकम चैत्र ३, खोटाङ । खोटाङको रावाबेंसी गाउँपालिका–५, दुबेकोल घलेगाउँका गोपाल पाण्डेको घर जलेर खरानी भएको छ ।

शुक्रबार उनी गोठालो गएका थिए। घरमा श्रीमती मात्र थिइन्। स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्यो। बस्तीमा पसेको आगोले गोपाल लगायतको घर छिनभरमै सखाप पा¥यो।

करिब ३ सय मिटर परको जंगलमा लागेको डढेलोले घर जल्दा शरीरमा लगाएको एक सरो लुगाबाहेक केही बचेन। गोपालको घरमा भएको नगद २ लाख २५ हजार, ७ तोला सुन, चाँदी, पुराना सिक्का लगायत जलेर नष्ट भएको रावाबेंसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताए। भैंसी र बाख्रा भने श्रीमतीले फुकाएर खेदाएपछि बचे।

यस्तै, युवराज पाण्डे, गोपाल, भीम पाण्डे र अभिकेशर पाण्डेको पनि घर नष्ट भएको हो। सर्वस्व गुमाएका छन्, बिचल्ली भएका छन् । छ ।

हावाहुरीका कारण दुबेकोलमा अपत्यारिलो तरिकाले गाउँमाझमा रहेका घर जले। हावाहुरीले ल्याएको डढेलोको लप्काले बस्तीको बीचमा रहेको घर जलाएको गाउँपालिका प्रमुख निरौलाले बताए ।

तपाईको प्रतिक्रिया