डिजिटल बन्दै कलंकी मालपोत कार्यालय, मन्त्रीको अनुगमन

नारीकोसिस डटकम चैत ३, काठमाडौं । भूमिसुधारमन्त्री पद्मा अर्यालले आइतबार कलंकीस्थित मालपोत कार्यालयको अनुगमन गरेकी छन् ।
देशभरीका मालपोत र नापी कार्यालय डिजिटल बनाउने मन्त्रालयको तयारी छ । त्यसको सुरुवात कलंकी मालपोत कार्यालयबाट हुन लागेको छ ।
कार्यालयलाई सेवाग्राहीमैत्री बनाउन सेवा लिने क्रममा प्रतीक्षालयको व्यवस्था, तातो चिसो खानेपानीको उपलब्धता र महिला पुरुषका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ ।
जग्गा लेनदेन गर्दा कसैको सहयोग नचाहिने व्यवस्था गरिने भूमिसुधार मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया