खाल्डोमा जमेको पानीमा डुब्दा नाबालिकाको मृत्यु

नारीकोसिस डटकम चैत्र ३, खोटाङ । खाल्डोमा जमेको पानीमा डुब्दा खोटाङमा नाबालिकाको मृत्यु भएको छ ।
महुरे–फोक्सिङटार सडक खण्डको किनारमा खाल्डो खनेर जमाइएको पानीमा डुबेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क मालाकी २३ महिनाकी बालिका तुलसा बिश्वकर्माको मृत्यु भएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताए ।
सडकको कल्भर्ट बनाउने क्रममा आवश्यक पानी जम्मा गर्नका लागि ठेकेदारले खनेको खाल्डोमा जमेको पानी थियो ।
खेल्नेक्रममा शनिबार पानी जमेको खाल्डोमा डुबेका बालिकाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले बताए ।
तपाईको प्रतिक्रिया