अंकुरित अन्न अमृत समान

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
अंकुरित अन्न अमृत समान

Share

“यदि मनुष्य पूर्णरुपेण काँचो खानामा रहने, भोक लाग्दा मात्र खाने, राम्रोसँग चपाएर खाने र मन्द गतिले निल्न जान्ने हो भने उ कहिल्यै रोग ग्रस्त हुँदैन ।” उपरोक्त भनाइ अमेरिकी अपक्वाहार वैज्ञानिक ग्राहमको हो । विभिन्न रिसर्चबाट यो कुरा सिद्ध भैसक्यो कि यस धर्तीका सम्पूर्ण प्राणीका आहारा काँचो नै हुनुपर्छ । यस कुरामा पशुपन्छी सुल्टो गतिमा छन् भने मानिस मात्र यस्तो प्राणी हो, जो बुद्धि भएर पनि आफैंलाई दुःख हुने बाटो खोजी हिँड्छ । प्रकृतिले पौष्टिकताले पारेर काँचै खान दिएका खाद्यवस्तुलाई पकाएर,गलाएर, सडाएर, केमिकल मिसाएर, रङ्गाएर, पौष्टिकता नष्ट पारेर अनुपयुक्त आहार ग्रहण गर्छ र रोगी बन्छ ।

पशुपन्छीको लागि मात्र होइन, मान्छेको पेटको लागि पनि काँचो खाद्यपदार्थ अति नै उपयोगी छ । मान्छेको पेटको लागि त अझ अंकुरित अन्न पौष्टिकताले भरपूर, हानिरहीत, सुपाच्य, सस्तो तयार गर्न छिटो र पाचन तन्त्र कमजोर व्यक्तिका लागि त प्रकृतिको सर्वश्रेष्ठ वरदान नै हो । यसले संजीवनीको काम गर्छ ।

अजाका मान्छे अति व्यस्त भएका कारण फास्ट फुडको चलन व्यापक भएको छ । तर यसले हाम्रो शरीरमा कति हानि पु¥याएको छ ? हामीलाई यसको केही अन्दाज छैन । विरामी भएपछि डाक्टरकहाँ पुग्छौं । पैसा सक्छौं । रोग जहाँको त्यहीँ । जसबाट मुक्ति चाहने हो भने प्रकृतिले दिएको यस्तो अनमोल फाष्ट फुडको (अंकुरित अन्न) खान सुरु गरौं । जसबाट हामीलाई सम्पुर्ण किसिमका भिटामिनका साथै मिनरल भरपूर रुपमा प्राप्त हुन्छ । औषधीको रुपमा वाह्य तवरबाट भिटामिन लिई रहनु पर्ने अवस्था नै पर्दैन ।

महालक्ष्मी आचार्य

तपाईको प्रतिक्रिया