मज्जाले हाँस्नुका: फाईदा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
मज्जाले हाँस्नुका: फाईदा

Share

१.उर्जा मिल्छ:
हाँसेको बेला हामी लामो स्वास लिने र छोड्ने गरिन्छ जसले शरीरमा अक्सिजनको सञ्चार हुन्छ । यदि तपाईँ एक मिनेट लगाएर जोडले हास्नु भयो भने १० मिनेट व्यायम गरे बराबर हुन्छ ।

२.जवान देखाउँछ:
जो व्यक्ति बढी  हाँस्छ उ लामो समयसम्म युवा देखिन्छ । हाँस्दा मुहारको मांसपेशीको व्यायम हुन्छ । जसले मुहारमा चाउरीपना देखिदैन ।

३.हाँस्ने व्यक्तिको सोच सकारात्मक हुन्छ:
हाँस्ने प्रक्रियाको दौरानमा शरीरमा इन्डोर्फिन नामक हार्मोन बन्छ । जो पुरा शरीरमा सुखद अनुभव तथा सकारात्मक सोच भरिदिन्छ ।

४.हाँस्दा प्रतिरोधी क्षमता बढ्छ:
प्रतिरोधी क्षमता धेरै अनुसन्धानले यो प्रमाणित गरेको छ कि हाँसोले शरीरको रोगप्रतिरोधी क्षमता बढाँउछ । जो शरीरको रोगसंग लड्न मद्धत गर्छ । यस प्रक्रियाको दौरान शरीरमा एन्टीभाइरल वा संक्रमणको रोक्नेवाला कोशिका बढ्छ ।

५.मस्तिस्कका लागि राम्रो:
हाँस्दा मस्तिस्कमा अत्यन्तै धेरै सकारात्मक प्रभाव पर्दछ । नियमित हाँस्दा दिमाक मजबुत हुन्छ । यसका बाबजुत जो व्यक्ति बढी हाँस्छ उ भित्र तनाव उत्पन्न गर्ने हार्मोन पनि निकै कम हुन्छ ।

६.दुखाई हराउँछ:
बैज्ञानिकहरुका अनुसार अति दुखाई हुने रोगको विरामीलाई पनि यदि उ बढी हाँस्छ भने उसलाई अन्य विरामीलाई भन्दा कम दुखाई घटाउन औषधि दिए पुग्छ ।

७.मिठो निन्द्राको लागि फाइदाजनक:
हाँसोको कारण मांसपेशीले आराम मिल्छ । शरीरको प्राकृतिक दुखाई निवारण गर्दै मिठो निन्द्रा दिनमा पनि काम आउँछ ।

 

तपाईको प्रतिक्रिया