एसईई परिक्षा: ४ लाख ७५ हजार परिक्षार्थी सहभागी

नारीकोसिस डटकम/चैत १०, काठमाण्डौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु भएको छ ।
बिहान ८ बजेबाट शुरु भएको परीक्षामा मुलुकभरबाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका छन्। तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् ।
गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए । परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ ।
परीक्षाका लागि देशभर कुल एक हजार नौ सय २३ केन्द्र निर्धारण गरिएको छ ।
तपाईको प्रतिक्रिया