एसईई परीक्षामा सांसद चौधरी र अभिनेत्री करिश्मा

नारीकोसिस डटकम/चैत १०, काठमाण्डौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई को परीक्षामा सांसद शान्ता चौधरी र अभिनेत्री करिश्मा मानन्धर पनि सहभागी भएका छन् ।
आइतवारबाट शुरु भएको एसईई परिक्षामा सांसद चौधरी दाङको तुल्सीपुरबाट र अभिनेत्री मानन्धर काठमाडौँबाट सहभागी भएकी छिन्।
नेकपाकी सचेतक चौधरी मुक्त कमैयाबाट राजनीतिमा प्रवेश गरेकी उनले ३८ वर्षको उमेरमा सेन्टर मावि तुल्सीपुर केन्द्रबाट परीक्षा दिँदैछिन् । उनले महेन्द्र मावि तुल्सीपुरमा कक्षा ८ मा भर्ना भएर पढ्न थालेकी थिइन् ।
त्यसैगरी, अभिनेत्री मानन्धर पनि काठमाडौँको मैतीदेवीस्थित त्रिवेणी माविमा कक्षा ८ मा भर्ना भएर पढ्न सुरु गरेकी थिइन् । उनले डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिँदैछिन् ।
तपाईको प्रतिक्रिया