बौद्धबाट ३ लाख नगदसहित जुवाडे पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
बौद्धबाट ३ लाख नगदसहित जुवाडे पक्राउ

Share

नारीकोसिस डटकम/ चैत १०, काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले शनिबार साँझ बौद्ध फूलबारीबाट २ लाख ९८ हजार नगदसहित जुवाडे पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित छेदेन लामाको घर भाडामा बस्दै आएका तेन्जिङ शेर्पाले सञ्चालन गर्दै आएकोे भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

पक्राउ पर्नेमा सञ्चालक ३४ वर्षीय तेन्जिङ शेर्पा, ६६ वर्षका टासीछेप्तेन लामा, ५३ वर्षका अपे लामा, ३८ वर्षका उङ्छी लामासहित पक्राउ परेका छन् ।

पक्राउ परेकाको साथबाट जुवा खेल्न प्रयोग हुने सामग्री एक हजार ४६ थान गोटी, ६४ थान कौडा र १७ प्याकेट तास बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि थप अनुसन्धान गरेर प्रचलित कानूनअनुसार मुद्दा चलाइने तयारी प्रहरीले गरेको छ ।

तपाईको प्रतिक्रिया