नेपाल र जापानबीच श्रमसम्बन्धी समझदारीमा हस्ताक्षर

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
नेपाल र जापानबीच श्रमसम्बन्धी समझदारीमा हस्ताक्षर

Share

नारीकोसिस डटकम/ चैत ११, काठमाडौँ । नेपाल र जापानबीच चलिरहेको श्रमसम्बन्धी कुराकानीलाई निचोडमा पुर्‍याउँदै सोमवार दुवै देशका अधिकारीहरूले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सोमबार ललितपुरमा आयोजित कार्यक्रममा समझदारीपत्रमा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मान्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानका राजदूत समामिची साइगोले हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रमा सन् २०१९ को अप्रिल १ देखि १४ वटा क्षेत्रमा नेपाली श्रमिक लिने उल्लेख छ ।

उक्त समझदारीपश्चात् अब सरकारी संयन्त्रमार्फत् नै नेपाली कामदार जापान लगिने बताइएको छ।

सहमतिअनुसार जापान जाने विशेष सीप भएका श्रमिक (एसएसडब्लु) लाई दुई वर्गमा विभाजन गरिनेछ। पहिलो वर्ग एसएसडब्लु(१ वर्गका श्रमिकहरु अनुभवी हुनुपर्ने छ। पहिलो वर्गका श्रमिकहरु पाँच वर्ष जापान बस्न पाउने छन्।

सम्झौतापछि करिब दुई साताभित्रै नेपाली कामदारहरूको छनोटको काम सुरु हुने बताइएको छ ।

 

 

तपाईको प्रतिक्रिया