नवजागरण गृहिणि महिला विद्यालयद्वारा आयोजित आकस्मिक आगलागी जोखिमबाट बच्ने उपाय सम्बन्धि चेतनामूलक कार्यक्रम सम्पन्न

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
नवजागरण गृहिणि महिला विद्यालयद्वारा आयोजित आकस्मिक आगलागी जोखिमबाट बच्ने उपाय सम्बन्धि चेतनामूलक कार्यक्रम सम्पन्न

Share

नारीकोसिस डटकम/चैत ११, काठमाडौं । महिला दिदिवहिनीहरु मात्रै अध्ययन-अध्यापन गराईरहेका नवजागरण महिला वैकल्पिक गृहिणि विद्यालय काँडाघारीले घरमा वा कुनै पनि स्थानमा आकसमिक आगलागी भएमा त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने  विषयमा आयोजना गरेका चेतनामूलक कार्यक्रम सोमवार  सम्पन्न भएको छ ।

महिलाहरुलाई लक्षित गरी दिएको उक्त प्रयोगात्मक चेतनामूलक कार्यक्रममा एक सय जना महिलाहरुले सहभागीता जनाएका थिए ।

कार्यक्रममा आगो निभाउने यन्त्रले कसरी आगो निभाउने र आकसमिक ग्यास सिलिण्डरमा आगलागि भएमा तत्काल कसरी क्षति हुनवाट जोगाउने भन्ने विषयमा प्रयोगात्मक रुपमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा  नेपाल उद्दार तथा अग्नि निवारकसंघ एरर्पोट महाशाका प्रमुख चिरन्जीवी भण्डारीले सो विषयमा सहभागीहरुलाई सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा प्रशिक्षित गराएका थिए ।  । उक्त कार्यक्रममा उत्साहजनक महिलाहरुले सहभागीता जनाएका थिए ।

महिलाहरु विशेष गरी घर तथा  भान्छाकोठामा व्यस्त हुने भएकाले खाना पकाउने ग्यास सिलिण्डर पड्किन सक्ने सम्भावित जोखिमलाई कसरी व्यवस्थापन गर्ने र पड्किएमा वा आगलागी भएमा यसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा महिलाहरुलाई सचेत गराउनुपर्ने भएकोले उनीहरुलाई यस विषयमा सचेत गराउन सो कार्यक्रम आयोजना गरेको विद्यालय प्रमुख सुशिला कडेलले  बताइन् ।

तपाईको प्रतिक्रिया