बलात्कार गर्नेलाई साढे ७ वर्ष कैद

नारीकोसिस डटकम/ चैत ११, रुकुम । बलात्कारको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालत रुकुम पश्चिमले साढे ७ वर्षको कैद सजायको फैसला गरेको छ ।
जिल्लाको मुसिकोट नगरपालिका १ चन्दनाथ टोलमा एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–५ हुकामका ३० वर्षीय सुविन्द्र घर्तीलाई अदालतले ७ वर्ष ६ महिना कैद सजायको साथै १५ हजार जरीवानाको फैसला गरेको हो ।
गत असोज २५ गते राती महिला कोठामा एक्लै भएको अवस्थामा उनले जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका घर्तीलाई जिल्ला अदालतले थप अनुसन्धान गर्न पूर्वक्षका लागि कारागार चलान गरेको थियो। आइतबार जिल्ला न्यायधिस आत्मदेव जोशीको इजलासले सजायको फैसला गरेको हो ।
जरिवाना वापतको रकम पिडित महिलालाई क्षतिपुर्ती उपलब्ध स्वरुप उपलब्ध गराइने उनले बताए ।
तपाईको प्रतिक्रिया