कपाल झर्ने समस्याबाट मुक्ति पाउन यस्ता उपायहरु अपनाउनुहोस्

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
कपाल झर्ने समस्याबाट मुक्ति पाउन यस्ता उपायहरु अपनाउनुहोस्

Share

१.नुहाएपछि टाउकोमा घ्युकुमारी लगाउने र १५ मिनेटपछि धुने । हप्तामा तीनपटक यसो गर्नाले कपाल झर्ने क्रम रोकिन्छ ।

२.सुकेको अमला तोरी अथवा नरिवलको तेलमा केही बेर भिजाई मसाज गर्दा कपाल बलियो हुन्छ ।

३.राति मेथी भिजाउने, बिहान यसलाई राम्रोसँग पिस्ने र कपालको जरासम्म लगाउने र ४० मिनेटपछि कपाल धुने । यसो गर्दा कपाल झर्ने समस्याबाट मुक्ति मिल्छ ।

४.अण्डाको सेतो भाग कपालको जरासम्म पुग्नेगरी लगाउने र २० मिनेटपछि नुहाउने । अण्डामा रहेको प्रोटिन, भिटामिनले कपाल झर्ने क्रम रोक्छ र कपाल नरम र मुलायम हुन्छ ।

५.कपाल झर्ने समस्या भएका ब्यक्तिहरुले प्रोटिन, आइरन, जिंक, सल्फर, भिटामिन–सी, भिटामिन–बी युक्त खानामा जोड दिनुपर्छ । यसले कपाललाई बलियो बनाउँछ ।

६. समय समयमा कपालमा  मेहेंदी लगाउनाले पनि कपाल बलियो हुन्छ ।

७. प्याज पिसेर यसको रस निकालेर कपालको टुप्पोदेखि फेदसम्म लाग्नेगरी दल्ने र ४० मिनेटपछि धुनाले कपाल झर्न रोकिन्छ ।

तपाईको प्रतिक्रिया