पाँचथरमा चौंरी महोत्सवको तयारी सुरु

नारीकोसिस डटकम/ चैत १२, पाँचथर । पाँचथरमा चौंरी महोत्सवको तयारी सुरु भएको छ ।
नयाँ वर्षको दिन जिल्लाको फालेलुङ गाउँपालिकास्थित चाररातेमा तेस्रो चौंरी महोत्सवका लागि तयारी अघि बढाइएको हो ।
परम्परागत गोठ राख्ने तथा चौंरी पाल्ने परम्पराको प्रवर्द्धन, जैविक विविधताको संरक्षण, पर्यटन प्रवर्द्धनका लागि भन्दै नेपाल भारतको सीमाना चाररातेमा महोत्सव हुन लागेको हो ।
महोत्सवमा चौंरीको दूधबाट बनाइएका परिकार, चौंरी र भेडाको ऊनबाट बनेका वस्तु र लेकाली क्षेत्रमा पाइने जडीबुटी तथा कृषिजन्य वस्तुको स्टल राख्ने तयारी छ । ‘महोत्सवको दिन याक राइडिङ मुख्य आकर्षण हुनेछ ।
तपाईको प्रतिक्रिया