विवेकशील नेपाली दलले गरे अख्तियारमा उजुरी दर्ता

नारीकोसिस डटकम चैत १२, काठमाण्डौं । विवेकशील नेपाली दलले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको छानबिन तथा कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दर्ता गरेको छ ।
मेलम्ची खानेपानी आयोजनामा भएका भ्रष्टाचारका मुद्दाहरु विभिन्न सन्चारमाध्यमबाट सतहमा आएकाले आयोजनाको दौरान हुनसक्ने अन्य भ्रष्टाचारको छानबिन आवश्यक रहेको भन्दै उजुरी दर्ता गरिएको विवेकशील नेपाली दलले जनाएको छ ।
राष्ट्रिय गौरवका आयोजनामा भएको भ्रष्टाचार र ढिलासुस्तीले देश–विदेशमा नकारात्मक सन्देश जाने भएकाले पनि छानबिन आवश्यक भएको सो दलको ठम्याई छ ।
उपत्यकामा लामो समयदेखि जमिनमुनिको पानी प्रयोग भइरहेको र यसले वातावरणमा गम्भीर असर पुर्याउने भएकाले पनि मेलम्चीको पानी छिटोभन्दा छिटो उपत्यकामा ल्याइनुपर्ने जनाइएको छ ।
तपाईको प्रतिक्रिया