ताप्लेजुङका जनप्रतिनिधि: विप्लवको निशानामा

नारीकोसिस डटकम/चैत १२, ताप्लेजुङ । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले ताप्लेजुङका जनप्रतिनिधिहलाई निशाना बनाएका छन् ।
यहाँका जनप्रतिनिधिलाई फोन गर्दै उनीहरूले सहयोगका लागि दबाव दिने गरेका छन् ।
पहिलो दबावमा स्थानीय तहका वडाध्यक्षहरु परेका छन् । त्यसपछि उनीहरुले नगर र गाउँपालिकाका प्रमुखहरुलाई सहयोग गर्न भन्दै छलफलका लागि बोलाउन थालेका छन् । छलफल गरौ आउनुहोस् भन्ने फोन आउँछ हामीले त्यो अवस्था नरहेको बतायौं फुङ्लिङ वडा नं १ का वडाध्यक्ष पदमबहादुर सुनुवारले भने ।
फुङ्लिङ नगरपालिका वडा नं ८ का वडाध्यक्ष पदमसुन्दर पालुङ्वाले पनि सहयोग दिनुप¥यो भन्ने फोन आएको तर आफुले सहयोग दिन नसक्ने जवाफ फर्काएको बताए ।
जवाफमा स्थानीय सरकारका प्रतिनिधिले भने छलफलका लागि आउने समय नभएको भन्दै विप्लव समुहका कार्यकर्ताको फोनमा थर्काउने गरेका छन् ।
तपाईको प्रतिक्रिया