दक्षिण अफ्रिकाका बाढी र आँधीले ५ लाख मानिस विस्थापित

नारीकोसिस डटकम/ चैत १३, काठमाडौं । बाढी, आँधी लगायतका प्राकृतिक प्रकोपका कारण दक्षिण अफ्रिकाका ५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
आँधीसँगै आएको अत्यधिक वर्षा, हावाहुरी र बाढीले यहाँ झण्डै ७ सयको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । प्राकृतिक प्रकोपले भौतिक संरचनाहरूमा पनि उत्तिकै क्षति पु¥याएको छ । आँधीबाट मोजाम्बिक, जिम्बाबे र मलावी क्षेत्र पनि प्रभावित बनेका छन् ।
आँधीबाट प्रभावितमध्ये झण्डै तीन हजार १२५ वर्ग किलोमिटर क्षेत्रमा अहिले पनि पानी रहेको अधिकारीहरुले बताएका छन् ।
आँधीबाट प्रभावित तीन देशका झण्डै पाँच लाख जना विस्थापित भएका छन् ।
यही मार्चको १५ तारिखका दिन यस क्षेत्रमा भीषण आँधी आएको थियो । आँधीबाट प्रभावितलाई थप सहयोगको आवश्यकता रहेको सहयोगदाताहरुले बताएका छन् ।
तपाईको प्रतिक्रिया