सोलो प्याराग्लाइडिङ उडान फुकुवा

नारीकोसिस डटकम चैत/१३, पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले रोक्का गरेको सोलो प्याराग्लाइडिङ २० दिनपछि फुकुवा भएको छ ।
क्यान केन्द्रीय कार्यालयको चैत १० गते बसेको बैठकले उडान फुकुवा गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय सोलो उडानको क्रममा लगातार दुर्घटना हुन थालेपछि नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयले फागुन २१ गतेबाट उडान बन्द गरेको थियो ।
सोलो प्याराग्लाइडरले नियम भन्दा बाहिर गएर उडान भर्ने गरेको भन्दै प्राधिकरणले उडान बन्द गरेको थियोे ।
प्राधिकरणले सोलो उडानका बेला दुर्घटना भएको भन्दै फ्रन्टियर्स प्याराग्लाइडिङ र ब्लु स्काई प्याराग्लाइडिङको उडान अनुमतिसमेत रद्द गरिदिएको थियो ।
कास्कीमा सराङकोट, तोरीपानी, मान्द्रेढुंगा र डिकीडाँडाबाट प्याराग्लाइडिङ उडाउन अनुमति छ ।
तपाईको प्रतिक्रिया