बदलिँदो मौसममा छालालाई मुलायम राख्न यी ५ तरिका अपनाउनुहोस्

जाडो बिस्तारै कम र गर्मी सुरु भएको हुँदा यो समयमा छालाको विशेष हेरचाह गर्नुपर्ने हुन्छ ।
मौसममा हुने परिवर्तनले छाला अझै धेरै र छिटो प्रभाव पार्न सक्ने भएकाले। यस्तो बेलामा छालाको विशेष ध्यान दिनु आवश्यक हुन्छ ।
छाला तथा स्वास्थ्य विशेषज्ञका अनुसार बदलिँदो मौसममा छालाको ख्याल राख्नका लागि यी महत्वपूर्ण कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
१ भिटामिन सी र मोइस्चाराइर्जको उपयोगले पनि तपाईंको छालाको रुखोपनमा राहत दिलाउँछ ।
२. यस्तो मौसममा छालाको स्याहार गर्न फेस स्क्रब गर्नुपर्छ । यसले तपाईंको अनुहारमा भएका मृत कोषहरू सफा गर्छ र अनुहार पनि चम्किलो बन्छ ।
३. सुत्नु अघि लेबेन्डरको तेलको उपयोग गर्न सकिन्छ । यसले छाला मुलायम र कोमल बनाउँछ ।
४. डन्डीफोर, चाँयाको समस्या भएकाहरूले रेट्नलको प्रयोग गर्नु राम्रो हुन्छ । यसले डन्डीफोर हटाउनुको साथै डन्डीफोर आउनबाट पनि रोक्छ ।
५. यो मौसममा शरीरमा पानीको मात्रा कम हुन नदिन प्रशस्त पानी र ताजा फलको जुस पिउनु पर्छ । जसले छालामा निखार ल्याउँछ ।
तपाईको प्रतिक्रिया